काठमाडौं । नेपाल हवाई सेवा क्षेत्रलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नेकपा (माओवादी केन्द्र) ले हवाई सेवा प्राधिकरण मन्त्रीकै नेतृत्वमा गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ मा संशोधनसहित मन्त्रीकै नेतृत्वमा प्राधिकरण गठन गरिनुपर्ने धारणा राखे।

advertisement

उनले हवाई सेवा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि प्राविधिक तथा प्रशासनिक दक्षता भएका स्वदेशी जनशक्ति उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै भने, “हवाई सेवा प्रभावकारी बनाउन प्रशिक्षणसहितको जनशक्ति विकास गर्नुपर्छ, त्यो पनि नेपालकै हुनुपर्छ। अब जनशक्तिमा विदेशीमा निर्भर हुने अवस्था हटाउनुपर्छ।”

पाण्डेले विधेयकको प्रस्तावनादेखि नै स्वदेशी जनशक्ति उत्पादनको विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए। उनले प्राधिकरणमा नेतृत्वदायी तहबाटै दिगो सुधारको थालनी हुनुपर्ने तर्क गरे।

समितिमा बिहीबार सो विधेयकमाथि विस्तृत छलफल भएको थियो।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com