काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत-सङ्गीत समाज रूपान्तरणको सशक्त माध्यम भएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित गीतकार देवी पराजुलीका गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रतिभाशाली सर्जकलाई प्रोत्साहन र सहयोग गर्न सके समाजमा सकारात्मक ऊर्जा फैलिने उल्लेख गरे।
“सङ्गीतले समाजमा भएका यथार्थहरू उजागर गरेर मानिसको मन छुने काम गर्छ,” उपप्रधानमन्त्री सिंहले भने, “यस्ता सिर्जनात्मक प्रयासलाई साथ दिनु हामी सबैको दायित्व हो।”
सिंहले आफू पनि सङ्गीतप्रेमी भएको जनाउँदै संविधानले सिर्जनात्मक अभिव्यक्तिका लागि दिएको अधिकारको पूर्ण कार्यान्वयन गर्न आफू सधैँ तयार रहेको बताए।
उनले संविधानमा रहेका प्रावधानहरूलाई व्यवहारमा उतार्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा समेत राखे ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया