काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले नेकपा एमालेभित्र देखिएको आन्तरिक विवादलाई लक्षित गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्धलाई कटाक्ष गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालीले देशको अवस्था बिग्रँदै जाँदा पनि सत्ताधारी दलको ध्यान जनचासोका मुद्दाभन्दा बाहिरी कुरामा केन्द्रित रहेको टिप्पणी गरे।

advertisement

“देश यता पनि बर्बाद, उता पनि बर्बाद हुँदै छ,” सांसद बरालीले भने, “भोजपुरे माझकिराँतकी छोरी र झापाली शिव चाम्लिङका छोराको मल्लयुद्धले अर्को रमिता देखाएको छ।”

यो टिप्पणी उनले पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता नवीकरण नगर्ने निर्णयपछि एमालेभित्र चर्किएको बहसलाई संकेत गर्दै गरेका हुन्। बरालीको भनाइ अनुसार एमाले नेतृत्व शक्ति केन्द्रित आन्तरिक खिचातानीमै अल्झिएको छ, जसले सरकारको जनमुखी कामप्रति बेवास्ता दर्शाउँछ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com