सिन्धुपाल्चोक । ‘श्रम तथा उत्पादनमा वाइसियल’ अभियान अन्तर्गत युवा संघ (वाइसियल) सिन्धुपाल्चोकले बाह्रबिसे–घुम्थाङ सडक खण्डको अवरोध हटाएर सडक सञ्चालनमा ल्याएको छ।
विगत केही दिनदेखि पहिरोका कारण अवरुद्ध भएको उक्त बाटो पुनः सञ्चालनमा ल्याउन राज्यको तर्फबाट प्रभावकारी पहल नहुँदा यात्रु तथा स्थानीयहरू सास्तीमा परेका थिए। सो अवस्थालाई मध्यनजर गर्दै वाइसियलले पहल गरेर बाटो खुलाएका हुन्। वाइसियलले बाटो खुलाउन जेसिबी काे प्रयाेग संगै श्रमदान गरेका हुन।
स्थानीयवासी तथा यात्रुहरूले वाइसियलको सक्रियतालाई स्वागत गर्दै कृतज्ञता व्यक्त गरेका छन्। वाइसियलले श्रम, स्वेच्छा र प्रतिबद्धता मार्फत सडक खुलाएर जनताको जीवन सहज बनाउने कार्यप्रति धन्यवाद दिएका छन्।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया