सल्यान । सल्यानको कुमाख गाउँपालिका-२ नेटा नजिकै फोर्स गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको गाडी बिहीबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता डिएसपी बाबुराम बस्नेतका अनुसार गाडी सडकको मोडबाट अनियन्त्रित भई करिब २५ मिटर तल खसेको थियो। “घाइतेमध्ये केहीको अवस्था गम्भीर छ,” उनले भने, “दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।”
घाइतेहरूको उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया