झापा ।  झापास्थित कन्काई-बिर्ता-अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी लिमिटेडमार्फत सञ्चालन गरिएको ग्यास पाइपलाइन विस्तार योजना असफल भएको भन्दै राप्रपा नेत्री खुस्बु ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरेकी छन्।

गाउँघरमा ग्यास सेवा पुर्‍याउने उद्देश्यले सुरु गरिएको योजनामा स्थानीय तह, तीन वटा नगरपालिका र विश्व बैंकको साझेदारीमा झण्डै १८ करोड रुपैयाँको संयुक्त लगानी गरिएको थियो। कम्पनीले करिब ७५० उपभोक्ताबाट समेत लगानी संकलन गरेको थियो। तर, हालसम्म ग्यास आपूर्ति नियमित हुन नसकेको बताइएको छ।

advertisement

ओलीका अनुसार परियोजना असफल भए पनि सम्बन्धित निकायहरूले प्रतिवेदन सार्वजनिक गरेका छैनन्। उनका अनुसार सूचनाको हक अन्तर्गत पटक–पटक जानकारी माग्दा पनि केवल मौखिक आश्वासन दिइएको छ।

“यदि परियोजनामा भ्रष्टाचार वा अनियमितता छैन भने प्रतिवेदन सार्वजनिक गर्न डर किन? किन कन्काई नगरपालिका समेत यसबारे लुकाउन खोजिरहेको छ?” भन्दै उनले प्रश्न उठाइन्।

उनले सूचना आयोगमा पुनरावेदन गर्ने तयारीसँगै अख्तियारमा पनि उजुरी दर्ता गरिने बताएकी छन्।

ओलीले उक्त परियोजनालाई “जनताको कर र पसिनाको अपमान” भन्दै जवाफदेहीता माग गरेकी छन्। “हामी खबरदारीमा छौँ, प्रश्न गरिरहनेछौं,” उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिइन्।

 

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com