काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले पार्टी राजनीतिमा प्रतिवन्ध लगाउने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक सार्वजनिक रूपमा पत्रकारअघि बोल्न लागेकी छन्। उनका सचिवालयका अनुसार भण्डारीले आज दिउँसो ३ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा विशेष पत्रकार सम्मेलन गर्ने तय भएको छ।
गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उनलाई पार्टी राजनीतिक क्रियाकलापमा संलग्न हुन रोक लगाउने निर्णय गरेको थियो। सो निर्णयपछि उत्पन्न राजनीतिक परिस्थिति र आफ्नो धारणा सार्वजनिक गर्न भण्डारीले पत्रकार सम्मेलन आयोजना गर्न लागेको बताइएको छ।
भण्डारीले आजको पत्रकार सम्मेलनमा पार्टीको निर्णयप्रति आफ्नो प्रतिक्रिया, आगामी राजनीतिक भूमिकाबारे धारणा तथा समसामयिक विषयमा टिप्पणी गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया