काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कपको पहिलो खेलमा जमशेदपुर एफसीसँग पराजित भएको छ।
जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा भएको समूह सी को पहिलो जमशेदपुर फुटबल क्लबले आर्मीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
जमशेदपुरको जितमा सार्थक, मनविर र निखिलले समान १ गोल गरे। आर्मीका लागि कप्तान जर्जप्रिन्स कार्की र अनन्त तामाङले गोल गरे।
खेलको चौथो मिनेटमा नै सार्थकको गोलमा घरेलु टोलीले अग्रता लियो। २६औं मिनेटमा गोल गर्दै आर्मीका कप्तान जर्जप्रिन्सले खेलमा बराबरी गरे। ३१औं मिनेटमा गोल थप्दै मनविरले जमशेदपुरलाई अग्रता दिलाए।
६४औं मिनेटमा अनन्तले गोल गर्दै आर्मीलाई फेरि बराबरीमा पुर्याए। ७१औं मिनेटमा जमशेदपुरका निखिलले गोल गर्दै टोलीलाई जित दिलाए।
मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीले दोस्रो खेल साउन १७ गते शनिवार लडखा फुटबल क्लबसँग खेल्नेछ। समूह चरणको अन्तिम खेल साउन २० गते इण्डियन आर्मी फुटबल टिमसँग खेल्नेछ।
२४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ। ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया