काठमाडौं । सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएकी छिन्।

बबरमहलस्थित कार्की बैंक्वेटमा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको भण्डारीको सचिवालयले जनाएको छ।

advertisement

गत मंगलबार एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो।

उक्त निर्णयमा तीन नेताले असहमति जनाएका थिए। भण्डारीले आफू पछाडि नहट्ने अडान लिएको उनीनिकट नेताले बताएका छन्। उनले यसै बारेमा आज प्रष्ट पार्ने जनाइएको छ।

 

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com