काठमाडौं । भारतको मणिपुर राज्यमा लागू गरिएको राष्ट्रपति शासनको अवधि थप ६ महिनाका लागि बढाइएको छ। राज्यसभाबाट जारी गरिएको सूचनामा राष्ट्रपति शासन सन् २०२५ अगस्ट १३ देखि लागू हुने गरी म्याद थप गरिएको उल्लेख छ।
सूचनामा भनिएको छ, “यो सदनले संविधानको धारा ३५६ अनुसार १३ फेब्रुअरी २०२५ मा मणिपुर राज्यमा राष्ट्रपतिद्वारा जारी गरिएको घोषणालाई १३ अगस्ट २०२५ देखि थप ६ महिनाका लागि निरन्तरता दिन स्वीकृति प्रदान गर्दछ।”
मणिपुरका तत्कालीन मुख्यमन्त्री एन. बिरेन सिंहले फेब्रुअरी १३ मा राजीनामा दिएपछि त्यहाँ राष्ट्रपति शासन लागू गरिएको थियो।
सन् २०२३ को मे महिनादेखि मणिपुरमा चलिरहेको जातीय हिंसा र अशान्तिपूर्ण अवस्थाका कारण अहिलेसम्म स्थायी समाधान र शान्ति कायम हुन सकेको छैन। यही अस्थिरतालाई दृष्टिगत गर्दै केन्द्र सरकारद्वारा राष्ट्रपति शासन निरन्तरता दिने निर्णय गरिएको हो।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया