काठमाडौं । निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’ हटाउने प्रस्तावबारे नेपाली कांग्रेसमा असन्तोष देखिएको छ। नेकपा (एमाले) का सांसदहरूले विधेयकमा रहेको दुई वर्षे कुलिङ पिरियडको व्यवस्था हटाउन संशोधन दर्ता गरेपछि कांग्रेसभित्र त्यसप्रति आपत्ति जनाइएको हो।

शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री तथा प्रदेश सभापतिहरूको बैठकमा नेताहरूले संशोधन प्रस्ताव पार्टीबीचको सहमतिविपरीत भएको बताएका छन्।

advertisement

“यदि संशोधन पार्टीको निर्णयमा आधारित हो भने, हामीसँग गरिएको सहमति तोडिएको हो,” एक नेताले बैठकपछि भने, “होइन भने एमालेले पार्टी एकरूपता कायम गरी पुरानो सहमतिको सम्मान गर्नुपर्छ।”

एमालेका राष्ट्रियसभा सदस्यहरूले निजामती विधेयकमा समावेश कुलिङ पिरियड हटाउने प्रस्ताव दर्ता गरिरहेका छन्। सो विषयले प्रमुख विपक्षी दल कांग्रेसभित्र पनि चर्चा पाएको हो।

बैठकमा रूपन्देही–३ को उपनिर्वाचनसम्बन्धी विषयमा पनि छलफल गरिएको कांग्रेस नेताहरूले बताएका छन्।

 

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com