काठमाडाैं ।  धरानका नगरप्रमुख हर्कराज साम्पाङले आउँदो २०८४ सालको निर्वाचनमा आफू र आफ्नो संगठन मुख्य प्रतिस्पर्धी हुने दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक टिप्पणी गर्दै उनले भनेका छन्, “८४ मा महाभिडन्त अरु कोहीसँग होइन, हर्क साम्पाङ र उसको संगठनसँगै हुने हो पार्टीहरूको।” उनले विभिन्न दलहरूबीच सम्भावित गठबन्धनप्रति व्यंग्य गर्दै “को को गठबन्धन, गठ्ठबन्धन, गाँठबन्धन, गाँठोबन्धन, गाँडबन्धन जे गरेर आउँदा नि भयो है” भनेर कटाक्ष गरे।

advertisement

साम्पाङले आफू र आफ्नो संगठन निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै लेखेका छन्, “हाम् तयार है।”

उनको यस्तो अभिव्यक्तिलाई आगामी संघीय वा स्थानीय निर्वाचनतर्फ संकेत गर्ने राजनीतिक घोषणाका रूपमा लिइएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com