महोत्तरी ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेसका सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन्। विगत केही सातादेखि वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएपछि सरकारले समस्या समाधानका उपायहरू खोज्न अवलोकन थालेको हो।

यसअघि साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशभर तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। त्यसकै निरन्तरता स्वरूप प्रधानमन्त्री ओलीले क्षेत्रीय अवलोकन थालेका हुन्।

advertisement

धान रोपाइँमा देखिएको संकट समाधान गर्न प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकारका पदाधिकारी तथा अन्य उच्च निकायहरूसँग छलफल गरिसकेका छन्।

अवलोकन भ्रमणका क्रममा प्रधानमन्त्री ओली महोत्तरी र बारामा आयोजित सार्वजनिक कार्यक्रमहरूमा पनि सहभागी भएका छन्। अवलोकनपछि उनले किसानका समस्या समाधानका लागि संघीय र प्रदेश सरकारबीच समन्वयात्मक कदम चालिने संकेत दिएका छन्।

पउ

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com