काठमाडौं । पूर्वमन्त्री रमेशनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।

शुक्रबार पाण्डे रास्वपाको केन्द्रीय कार्यालय, बनस्थली पुगेर अभियानमा हस्ताक्षर गर्दै समर्थन जनाएका हुन्। पूर्वपत्रकार, कूटनीतिज्ञ तथा राजाको शासनकालमा मन्त्रीसमेत रहेका पाण्डेले रास्वपाले उठाएको विषयप्रति आफ्नो सहमति व्यक्त गरेका हुन्।

advertisement

रास्वपाले आफ्नो पार्टी अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै असार ७ गतेदेखि देशभर हस्ताक्षर अभियान सञ्चालन गर्दै आएको छ।

लामिछानेले रास्वपाको तेस्रो स्थापना दिवसका दिन प्रहरी हिरासतबाटै २० पृष्ठ लामो दस्तावेज सार्वजनिक गर्दै हस्ताक्षर अभियानको प्रस्ताव गरेका थिए। सोही प्रस्तावअनुसार पार्टीले अभियानलाई देशव्यापी रूपमा अघि बढाइरहेको छ।

पार्टीले दिएको जानकारी अनुसार बिहीबारसम्म अभियानमा २७ लाखभन्दा बढी नागरिकको हस्ताक्षर संकलन भइसकेको छ।

रास्वपाका अनुसार यो अभियान जनमत र नागरिक चेतनाको बलमा ‘अन्याय र दमनविरुद्धको ऐक्यबद्धता’ हो र यसमा देशका विभिन्न क्षेत्र, वर्ग र समुदायबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com