काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबराले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले राज्यले राजसंस्थाप्रति झुकाव राखेको विचारका आधारमा आफूहरूलाई झुटा अभियोग लगाएको आरोप लगाए। उनले सरकारको उद्देश्य राजावादी धारणा दबाउने र त्यस्ता विचारलाई बदनाम गर्ने रहेको दाबी गरे।

advertisement

“राजावादी विचार बोकेको निहुँमा हामीमाथि संगठित अपराध, देशद्रोहलगायत चारवटा झुटा मुद्दा लगाइयो,” उनले भने, “तर मलाई विश्वास छ, मुलुकको स्वतन्त्र न्यायालयले निष्पक्ष फैसला गर्दै दोषीलाई कारबाही र निर्दोषलाई न्याय दिनेछ।”

तीनकुने घटनाको वास्तविकता सार्वजनिक हुन आवश्यक रहेको उल्लेख गर्दै उनले तत्काल छानबिन समिति गठन गर्न संसद्‍मार्फत माग गरे। “यदि यस्तो संवेदनशील विषयमा पनि छानबिन हुँदैन भने संसद् केका लागि?” उनले प्रश्न गरे।

जबराले उक्त घटनाको मूल कारण कमजोर सुरक्षा संयन्त्र भएको भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे। साथै उनले घटनापछि पक्राउ परेका राजावादी समूहका नेता तथा कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न पनि माग गरे।

उनको भनाइमा, आन्दोलनमाथि दमन गर्नुको साटो सरकारले संवाद र सहमतिको बाटो रोज्नुपर्ने हो, नत्र असन्तोष झनै बढ्नेछ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com