काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान गर्नेलाई हरेक पटक ५०० रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक ऐनमार्फत महानगरले सार्वजनिक स्थानमा हुने अव्यवस्थित गतिविधिमा कडाइ गर्ने निर्णय लिएको हो।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार धूमपानसम्बन्धी नागरिक गुनासाहरू लगातार बढेपछि सार्वजनिक ठाउँमा धूमपानलाई नियन्त्रण गर्न जरिवाना लगाउने निर्णय गरिएको हो। पाण्डेले निजी सम्पत्तिबाहेक अन्य सबै सार्वजनिक स्थलमा धूमपान निषेध गरिएको स्पष्ट पारे।

advertisement

तोकिएको स्थानबाहेक सार्वजनिक स्थलमा सवारी पार्किङ गरेमा मोटरसाइकल र स्कुटरलाई १,०००, कार/जीप/डेलिभरी भ्यानलाई २,५००, मझौला सवारी (जस्तै मिनीबस, मिनीट्रक) लाई ३,५०० र ठूला सवारी (बस, ट्रक) लाई ५,००० रुपैयाँ जरिवाना गरिनेछ।

प्रचलित कानुनले निषेध गरेका विज्ञापन गरेमा १०,००० रुपैयाँ जरिवाना र अनुमतिविनै सार्वजनिक स्थानमा देखिने गरी होर्डिङ बोर्ड राखेमा १०,००० देखि १,००,००० रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ।

पर्चा, पोस्टर, स्टिकर टाँस्ने वा ब्रोसर वितरण गरेर सार्वजनिक स्थान फोहर गरेमा ५,००० देखि ५०,००० रुपैयाँसम्म जरिवाना हुनेछ। त्यस्तै, खम्बा वा पर्खालमा लेख्ने वा चित्र बनाउने कार्यमा पनि समान जरिवाना तोकिएको छ।

स्वीकृतिविना बेलुन वा अन्य माध्यमबाट विज्ञापन गरेमा, सार्वजनिक स्थलमा स्वागतद्वार निर्माण गरेमा र संरक्षित क्षेत्रमा रहेका वृक्ष तथा बिरुवामा क्षति पुर्‍याएमा पनि ५०० देखि ५०,००० रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था गरिएको छ।

महानगरले ऐन कार्यान्वयनका लागि निगरानी बढाउने र नियम उल्लंघन गर्नेहरूमाथि कडाइका साथ कारबाही गर्ने जनाएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com