काठमाडाैं । सुर्खेत जिल्लाकाे वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा करेन्ट लागेर एक दम्पत्तीको ज्यान गएको छ। शुक्रबार बिहान घाँस काट्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।

मृतकहरूमा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया पत्नी धनकुमारी उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ। बिहान करिब १० बजे उनीहरू आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेका बेला विद्युत् प्रवाह भएको तारबाट करेन्ट लागेको थियो।

advertisement

दुवै जनालाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। तर, गम्भीर चोटका कारण चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। विद्युतीय उपकरण प्रयोग गर्दा आवश्यक सावधानी नअपनाउँदा ज्यान जाने घटनाहरू दोहोरिँरहेकाले स्थानीय निकाय र सरोकारवाला निकायहरूलाई सचेत रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com