एजेन्सी ।  भारतको राजस्थान राज्यस्थित झालावाड जिल्लामा रहेको एक सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ। शुक्रबार बिहान मनोहर प्रहरी चौकी क्षेत्रअन्तर्गत रहेको विद्यालयमा भएको दुर्घटनामा अन्य ३० जना विद्यार्थी र केही शिक्षकहरू घाइते भएका छन् ।

राजस्थानका शिक्षामन्त्री मदन दिलावरले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दै दुर्घटनालाई अत्यन्त दुखद बताएका छन्। भारतीय सञ्चारमाध्यमहरूबीच मृत्यु संख्या फरक–फरक उल्लेख गरिए पनि अधिकृत रूपमा तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरिएको छ।

advertisement

दुर्घटनापछि उद्धारमा जुटेका स्थानीयहरूले भग्नावशेषबाट घाइते र मृत विद्यार्थीहरूलाई बाहिर निकालेका थिए। घाइतेहरूको अहिले अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासनले जनाएको छ।

घटनाप्रति गम्भीर ध्यान दिँदै जिल्ला शिक्षा अधिकारी नरसी मीनाले लापरवाही देखिएका पाँच शिक्षकलाई निलम्बन गर्ने आदेश जारी गरेका छन् ।

शिक्षामन्त्री दिलावरले एक विज्ञप्ति जारी गर्दै घटनाको गहिरो छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिने जानकारी दिएका छन्। साथै, पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाइने बताएका छन्।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com