काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक निर्माणमा गुणस्तर कायम गर्न र बजेट कार्यान्वयनमा पारदर्शिता सुनिश्चित गर्न सचिव तथा कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा वीरेन्द्रनगरमा आयोजित वार्षिक समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठीमा उनले योजनाको ढिलासुस्ती, खर्चको असन्तुलन, अनुगमन कमजोरी र गुणस्तरहीन निर्माण दोहोरिन नदिन चेतावनी दिए।

advertisement

मुख्यमन्त्री कँडेलले योजना कागजमै सीमित नरहोस् भन्दै समयमै कार्यान्वयन र समन्वयमा जोड दिए। साथै, विगतका कमजोरीबाट पाठ सिक्दै चालु वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैलाई आग्रह गरे ।

गोष्ठीमा प्रदेश मन्त्री, सचिव, विभागीय प्रमुख तथा दस जिल्लाका कार्यालय प्रमुखहरूको सहभागिता थियो। सहभागीहरूले योजना कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए  ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com