काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार आगामी २०८४ को निर्वाचनसम्म निरन्तरता पाउने स्पष्ट पारेका छन्।

शुक्रवार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हालको संयुक्त सरकार विकासमा केन्द्रित रहेको बताए। “यो सरकार नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा बनेको हो, म यसको नेतृत्व गरिरहेको छु,” उनले भने।

advertisement

प्रधानमन्त्री ओलीले आफू नेतृत्वमा रहँदा आगामी एक वर्षभित्र उल्लेखनीय विकास निर्माण गरिने दाबी गरे। साथै, निर्वाचनसम्म सरकारले स्थिरता कायम राख्दै विकासका काममा निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com