काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वमा बनेको गठबन्धन सरकार आगामी २०८४ सालको निर्वाचनसम्म निरन्तर रूपमा अगाडि बढ्ने स्पष्ट पारेका छन्।

शुक्रवार महोत्तरीमा आयोजित एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हालको सरकार स्थायित्वसहित विकास र समृद्धिको यात्रामा प्रतिबद्ध रहेको बताए।

advertisement

प्रधानमन्त्री ओलीले अहिलेको सरकार दुई ठूला दल, नेपाली कांग्रेस र एमालेको साझा नेतृत्वमा बनेको भन्दै यो सरकार मुलुकको दीर्घकालीन हितका लागि बनेको उल्लेख गरे। उनले भने, “यो सरकार सन्तुलन, सहकार्य र स्थायित्वको प्रतीक हो। हामीले २०८४ को निर्वाचनसम्म निरन्तर रूपमा जनताको अपेक्षाअनुसार काम गर्नेछौं।”

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले आगामी एक वर्षभित्रै महत्वपूर्ण विकास परियोजनाहरूलाई तीव्र गतिमा अघि बढाउने घोषणा गरे। “अबको एक वर्षको समय मैले प्रभावकारी रूपमा उपयोग गर्दै देशका विभिन्न क्षेत्रमा ठोस विकास निर्माणका काम अघि बढाउनेछु,” उनले भने।

प्रधानमन्त्री ओलीको भनाइले अहिलेको सरकार विकास र स्थायित्वमा केन्द्रित रहेको तथा लामो समयको योजना अनुरूप देश अगाडि बढ्ने संकेत दिएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com