काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यलाई आफूले अभिभावक र उत्प्रेरकका रूपमा लिने बताएका छन्।
शुक्रबार काठमाडौंको नाचघरमा आयोजित जनसाङ्गीतिक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले जनयुद्धको नेतृत्व गर्ने क्रममा कर्माचार्यबाट निरन्तर उत्प्रेरणा पाएको उल्लेख गरे।
‘क. नरबहादुर कर्माचार्यलाई मैले अभिभावक र उत्प्रेरकका रूपमा चिन्छु। जनयुद्धको नेतृत्व गर्ने सन्दर्भमा उहाँले मलाई सधैं उत्प्रेरणा दिइरहनुहुन्थ्यो,’ उनले भने।
पार्टीभित्र सँगै काम गर्दा कर्माचार्य सरल, इमान्दार, निष्ठावान् र क्रान्तिकारी विचारमा अविचलित व्यक्तित्वका रूपमा देखिएको दाहालले बताए।
जनयुद्ध सुरु गर्ने विषयमा कार्यनैतिक मतभिन्नता रहे पनि त्यसपछि पनि कर्माचार्यले अभिभावकको भूमिका निर्वाह गरेको दाहालको भनाइ थियो।
प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया