काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र भ्रष्ट शासकहरूको विरुद्धमा संघर्ष गर्न आमजनतालाई आह्वान गरेका छन्। शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै अध्यक्ष थापाले राप्रपा नेपाललाई पुनः सशक्त रूपमा उठाउने अभियानमा जनसमर्थन मागेका हुन्।

“भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि हामीलाई साथ दिनुहोस्,” उनले लेखेका छन्, “हामी फेरि उठाउँछौँ राप्रपा नेपाल।”

advertisement

थापाले साउन २० गतेदेखि भदौ २० गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागमार्फत एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारीसमेत दिएका छन्। प्रशिक्षण कार्यक्रमले पार्टी कार्यकर्तामा संगठनात्मक सुदृढीकरण, वैचारिक स्पष्टता र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्य लिएको जनाइएको छ।

उनको आह्वानले राजनीतिक परिवेशमा वैकल्पिक शक्ति निर्माण र भ्रष्टाचारविरोधी चेतनालाई सशक्त बनाउने संकेत दिएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com