पल्सर स्पोर्टस अवार्डको २२ औं संस्करण आगामी भदौमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड कार्यक्रम भदौ २९ गते गर्ने घोषणा गरिएको हो ।

मञ्चले यस वर्षको अवार्ड कार्यक्रम पोखरामा हुने जानकारी दिएको छ । पल्सर स्पोट्र्स अवार्डको इतिहासमै पहिलो पटक अवार्ड कार्यक्रम उपत्यका बाहिर आयोजना गर्न लागिएको हो ।

advertisement

१० विधा समावेश गरिएको अवार्डको मुख्य प्रायोजकका रुपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकलसँग सहकार्य निरन्तरता पाएको छ ।

मञ्च र गोल्छा ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १७ औं वर्ष हो । मञ्चले पल्सर स्पोर्टस अवार्डकालागि गोल्छा ग्रुपको पल्सर मोटरसाईकलसँग ५ वर्षको सम्झौता पनि नविकरण गरेको छ ।

सम्झौतामा मञ्चका अध्यक्ष निरन्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन् ।

वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधा रहने बताइएको छ ।

यस्तै, वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने पत्रकार मञ्चले जनाएको छ । २०८१ सालभर नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिनेछ ।

 

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com