काठमाडौं ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा धारणा राख्दै आएका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई पदमुक्त गर्दै संगठनबाट एक वर्षका लागि निलम्बन गरिएको छ।

खरेलले सामाजिक सञ्जालमा एमालेको भावी अध्यक्षका रूपमा भण्डारीलाई अघि सार्नुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए। सोही विषयलाई लिएर युवा संघको विधान २०४७ को संशोधित संस्करण (दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९–११, पोखरा) अन्तर्गतको धारा ४१ र ४२ (क) तथा (ख) अनुसार कारबाही गरिएको संघका महासचिव रमेश चौलागाईंद्वारा जारी पत्रमा उल्लेख छ।

advertisement

निलम्बनको पछाडि पोखरामा सम्पन्न महाधिवेशनका क्रममा खरेलले अध्यक्ष मण्डलका सदस्यहरूमाथि अभद्र व्यवहार गरेको, मागिएको स्पष्टीकरणमा गैरजिम्मेवार जवाफ दिएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै एकल निर्णयमा सचिवालय बैठक आयोजना गरेको लगायत आरोप लगाइएको छ।

तर खरेलले आफूमाथिको निलम्बनलाई अन्यायपूर्ण र पूर्वाग्रहप्रेरित बताउँदै निर्णयको आलोचना गरेका छन्। उनले पार्टीभित्र खुला बहस र स्वस्थ विचार राख्न पाउने अधिकार कुण्ठित गरिएको आरोप लगाएका छन्।

यस घटनाले एमालेभित्रको नेतृत्व बहस र आन्तरिक अनुशासनको विषय फेरि चर्किएको संकेत गरेको छ।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com