काठमाडौं । कवाड व्यवसायीमाथि काठमाडौँ महानगरपालिकाले दुव्र्यवहार गर्दै आएको आरोप लगाउँदै कवाड व्यवसायी समाज नेपालले गृहमन्त्री रमेश लेखकलाई शनिबार ज्ञापनपत्र बुझाएको छ।

व्यवसायीहरूले बुझाएको ज्ञापनपत्रमा विगत दुई वर्षदेखि महानगरले आफ्ना मातहतका सुरक्षाकर्मी प्रयोग गरी कवाड व्यवसायी र संकलक मजदुरहरूलाई कुटपिट, अपहरण, धम्की र सम्पत्ति जफत गर्ने जस्ता कार्य गर्दै आएको गम्भीर आरोप लगाइएको छ।

advertisement

ज्ञापनपत्रमा भनिएको छ, “महानगरका सुरक्षाकर्मीले कुटपिट गर्दा केही व्यवसायी र मजदुरहरूको टाउको फुट्ने, अङ्गभङ्ग हुनेजस्ता घटना भएका छन्।” यो सबै प्रक्रिया मेयर बालेन्द्र शाहको निर्देशनमा गरिएको आरोप पनि ज्ञापनपत्रमा गरिएको छ। उनीहरूका अनुसार यस अभियानले सहरका गरिब, श्रमिक र मजदुर वर्गलाई जबर्जस्ती विस्थापन गर्ने प्रयास भइरहेको छ।

कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको हस्ताक्षर रहेको ज्ञापनपत्रमा व्यवसायीहरू कानुनअनुसार दर्ता भई वर्षौंदेखि नियमित कर तिरेर व्यवसाय गर्दै आएको उल्लेख छ। साथै, यिनै व्यवसायीहरूले देशका स्टिल, प्लास्टिक, कागज, मेटल, ब्याट्रीजस्ता उद्योगलाई आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको पनि स्मरण गराइएको छ।

व्यवसायीहरूले आफ्नो पेशामा अवरोध सिर्जना गर्ने खालका गतिविधि तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com