काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूप्रति कुनै प्रकारको बेइमानी र धोका हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले विद्यालय शिक्षा ऐन असार १५ भित्रै संघीय संसद्मा प्रस्तुत गर्ने प्रतिवद्धता जनाएको भए पनि जालझेलका कारण हालसम्म ऐन पेश नभएको बताए।

advertisement

“शिक्षा विधेयकलाई लामो समयसम्म थन्क्याएर राख्न दिइने छैन,” प्रचण्डले भने, “शिक्षकहरूले राखेका सबै माग पूरा गर्न सकिएला भनेर त भन्न सकिँदैन, तर हामी कुनै हालतमा बेइमानी हुन दिन्नौं।”

सरकारले असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन संसद्मा पेस गर्ने घोषणा गरेको थियो। तर हालसम्म उक्त विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रोकिएको छ।

प्रचण्डले शिक्षकहरूको आन्दोलनप्रति सहानुभूति प्रकट गर्दै समस्याको समाधान संवाद र सहमतिमार्फत गर्ने पक्षमा आफूहरू रहेको पनि बताए।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com