पाल्पा ।  संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पाल्पाको तानसेनमा देखिएको खानेपानी व्यवस्थापन प्रणालीलाई अनुकरणीय रहेको बताएका छन्।

शुक्रबार तानसेन खानेपानी उपभोक्ता समितिको १०औँ साधारणसभालाई सम्बोधन गर्दै उनले भौगोलिक चुनौती र सीमित स्रोतबीच पनि स्थानीयवासीको सक्रिय सहभागिता, प्रतिबद्धता र पारदर्शिता प्रेरणादायी भएको बताए।

advertisement

“तान्सेनमा देखिएको स्थानीय सहभागिता अत्यन्तै अनुकरणीय छ,” मन्त्री यादवले भने, “सरकार पनि खानेपानीका समस्या समाधानका लागि पूर्ण प्रतिबद्ध छ।”

उनले तानसेन–कालीगण्डकी बृहत पम्पिङ खानेपानी आयोजनाको सफल कार्यान्वयनले सरकारको ‘सबै नागरिकका लागि स्वच्छ पानी’ भन्ने संकल्पलाई व्यवहारमा उतार्न सहयोग पुगेको बताए।

मन्त्री यादवका अनुसार चालु आर्थिक वर्षमा पनि यस क्षेत्रका खानेपानी योजनाका लागि बजेट विनियोजन गरिएको छ। उनले खानेपानी आयोजनाहरूमा उपभोक्ताको आर्थिक बोझ घटाउन सहलगानीको जनसहभागिता ३० प्रतिशतबाट १५ प्रतिशतमा झारिएको र आगामी दिनमा पूर्णरूपमा हटाउने तयारी भइरहेको जानकारी दिए।

त्यसैगरी, उनले पानीका मुहान संरक्षण, पाइपलाइन विस्तार र स्रोतको समुचित उपयोगमा स्थानीय उपभोक्ता समितिहरूसँग समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउन आग्रह गरे।

मन्त्री यादवका अनुसार मन्त्रालयले हालसम्म ३१० भन्दा बढी स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छता (WASH) योजना तयार गरिसकेको छ।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com