चितवन । चितवन प्रहरीले करिब ६ सय ७१ किलो गाँजासहित एक भारतीय ट्रक चालकलाई पक्राउ गरेको छ।

शनिबार बिहान राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिक चेकजाँचको क्रममा भारततर्फ जाँदै गरेको ट्रकबाट गाँजा फेला पारिएको हो। पक्राउ पर्ने व्यक्ति भारतको **बिहार पूर्वी चम्पारण तुर्कालिया निवासी ३७ वर्षीय शेख सबिलाख्तर हुन्।

advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार युपी ८२ टी ३९२१ नम्बरको ट्रकलाई मकवानपुरतर्फ जाँदै गर्दा रोकेर चेकजाँच गर्दा माथिल्लो भागमा फल्स बटन बनाई लुकाएर राखिएको ४३ वटा पोकामा गाँजा फेला परेको हो।

पक्राउ परेका चालकविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com