नवलपरासी पश्चिम । ४० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रतापपुर गाउँपालिका-९ माधवपुरका ४५ वर्षीय रामसहरे यादवलाई प्रहरीले पक्राउ गरेको छ।
पीडित महिलाले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले यादवलाई शुक्रबार बिहान पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ।
प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार











प्रतिक्रिया