काठमाडौं । कम्युनिष्ट पार्टीबीच एकता गर्ने भन्दै विभिन्न दलहरुबीच पछिल्लो समय छलफल अघि बढी रहेको सन्दर्भमा केही शीर्ष नेताले भने नेपालमा अब एकता सम्भव नरहेको बताएका छन् ।
प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एकता सम्भव नभएको बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलालको मार्ग निर्देशन अनुसार एमाले र माओवादी केन्द्रबीच एकता भएपनि सफल हुन नसकेको अध्यक्ष दाहालको भनाई छ ।
दुई कम्युनिष्ट पाटी एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा बनेको थियो । सो क्रममा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा पाँच वर्षे कार्यकाल दिन आफू तयार भएपनि कालान्तरमा एकता टुटेको अध्यक्ष दाहालको भनाइ थियो ।
कम्युनिष्ट आन्दोलन कमजोर हुँदै
अर्को कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले भने नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताए । धेरै कम्युनिष्ट पार्टी गठन हुँदा कम्युनिष्ट आन्दोलन संकटपूर्ण अवस्थामा पुगेको नेता खनालको भनाइ छ ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया