काठमाडौं । महिला युरो कपको फाइनलमा स्पेन र इङ्गल्यान्डबीच उपाधि भिडन्त आज हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने ९ बजे स्विटजरल्याण्डको सर्वाधिक ठूलो स्टेडियम सेन्ट ज्याकोब पार्क बासेलमा हुने छ।
यी दुई टिम दुई वर्षको अवधिमा दोस्रोपटक महत्वपूर्ण प्रतियोगिताको फाइनलमा भिड्न लागेका हुन्। इङ्ल्यान्ड युरोको साबिक विजेता हो भने स्पेन विश्व च्याम्पियन।
दुई वर्षअगाडि मात्रै यिनै दुई टिम विश्वकपको फाइनल खेलेका थिए। त्यसमा स्पेन १–० ले विजयी रहेको थियो। यो खेल इङ्ल्यान्डका लागि उपाधि रक्षाको मात्र हैन स्पनेसँग २ वर्ष पहिला विश्व विजेताबाट बञ्चित हुँदाको बदला पनि हो। त्यसैले इङ्ल्यान्ड स्पेनमाथि बदला लिने दाउमा छ, जुन स्वाभाविक पनि हो।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया