काठमाडौं । मुलुकबाट एक वर्षमा धानचामल खरिदका लागि ४० अर्ब रुपियाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न सक्ने पर्याप्त सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा धानचामलका लागि ठुलो रकम बाहिरिएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१र८२ मा ४० अर्ब १८ करोड रुपियाँ बराबरको धानचामल आयात भएको छ । अघिल्लो आव २०८०र८१ मा २२ अर्ब २२ करोड रुपियाँको धानचामल आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा झन्डै दोब्बर परिमाणले आयात बढेको छ । गत आवमा भारतले चामल निर्यातमा खुकुलो गरेकाले पनि आयात बढी भएको तथ्याङ्कले देखाएको छ ।

advertisement

गत आवमा सबैभन्दा धेरै २१ अर्ब ५२ करोड २७ लाख ८४ हजार रुपियाँ बराबरको ५३ करोड ३७ लाख १५ हजार २५९ केजी धान आयात भएको छ । अघिल्लो आवमा १२ अर्ब ९४ करोड १० लाख ८८ हजार रुपियाँ बराबरको ३२ करोड ११ लाख १९ हजार ३१३ केजी धान आयात भएको थियो ।

यस्तै गत आवमा १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपियाँ बराबरको २४ करोड १५ लाख ५३ हजार ३२५ केजी चामल आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपियाँ बराबरको आठ करोड ८७ लाख २३ हजार ५०६ केजी चामल आयात भएको थियो । यस्तै आव २०७९र८० मा भने ३६ अर्ब ५० करोड बराबरको धानचामल आयात भएको थियो ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com