काठमाडौैं । झापामा जङ्गली हात्तीले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्। मर्निङ वाकका क्रममा दमक १ का ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राईलाई हात्तीले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका वेला नजिकैको जङ्गलबाट निस्किएको हात्तीले उनीहरूलाई आक्रमण गरेको थियो। उनीहरूलाई हात्तीले सुँढले बेरेर लडाएका जनाइएको छ। उनीहरूको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पतालमा लगिएको छ।

advertisement

घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आक्रमणपछि हात्ती जङ्गलतिर पसेको थियो । झापाको जलथल, निचाझोडा र स्थानीय सामुदायिक वनमा एक दर्जनभन्दा बढी सङ्ख्यामा हात्ती बस्दै आएका छन्। जङ्गल छेउका बासिन्दा ती हात्तीको आक्रमणमा पर्छन्। निगुरो र च्याउ टिप्न जाँदा, घाँस दाउरा खोज्न जाँदा र बिहानी भ्रमणका क्रममा हिँड्दा हात्तीले आक्रमण गर्दै आएको छ।

 

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com