काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्व संविधानसभा सदस्य राजकुमार श्रेष्ठ ‘अजित’ पुनः पार्टीमा सक्रिय भएका छन्। पार्टी विभाजनपछि केही समय निष्क्रिय रहेका श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः सक्रियतासँगै जिम्मेवारी दिने घोषणा गरेका छन्।
श्रेष्ठको पुनः सक्रियता जिल्लास्तरीय संगठन बलियो बनाउन सहयोगी हुने पार्टीको भनाइ छ। हाल माओवादी केन्द्र देशभर संगठन सुदृढीकरण अभियानमा रहेको छ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया