काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अहिलेको परिस्थितिमा नयाँ सरकार बन्ने सम्भावना नरहेको बताएका छन्।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सिटौलाले कुनै दलको स्पष्ट बहुमत नरहेकाले वैकल्पिक सरकारको सम्भावना नदेखिएको बताए। “कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला,” उनले भने, “एक विशेष परिस्थिमा निर्माण भएको सरकार हो।”
सरकारको एक वर्षे कार्यकालको समीक्षामा सिटौलाले अपेक्षाअनुसार काम नहुँदा पनि वर्तमान सरकारलाई निरन्तरता दिनु नै उपयुक्त विकल्प भएको धारणा राखे। “सरकारले अपेक्षाअनुसार काम गर्न नसके पनि यसको विकल्प देखिँदैन,” सिटौलाले भने, “सम्झौता अनुसार यो सरकारले आफ्नो कार्यकाल पूरा गर्छ।”
सिटौलाले संविधान कार्यान्वयन र संशोधनका विषयमा सरकार कार्यदल बनाएर अघि बढ्ने पनि जानकारी दिए।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया