काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै आयोगमै उजुरी दर्ता गरिएको छ।

युवराज पौडेल (सफल)ले आइतबार राईविरुद्ध उजुरी दर्ता गराएका हुन्। उजुरी अख्तियारकै केन्द्रीय कार्यालयमा दर्ता भएको स्रोतले जनाएको छ।

advertisement

पौडेलले दर्ता गराएको उजुरीमा राईलाई वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा घोटाला र नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता मुद्दामा संलग्न भएको आरोप लगाउँदै छानबिन गरी आवश्यक कारबाहीको माग गरिएको छ।

आयोग प्रमुखमाथि स्वयं आयोगमै उजुरी परेको यो घटनाले चर्चा पाएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com