काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भूमिकालाई दुःखद भन्दै पार्टीभित्र देखिएको अस्थिरता “सामान्य हावाको झोक्का” मात्र भएको बताएका छन्।

शनिबार साँझ बालुवाटारमा कर्णाली प्रदेशका एमाले केन्द्रीय सदस्यहरूसँगको भेटमा अध्यक्ष ओलीले पार्टी एकता र संगठन सुदृढीकरणमा लाग्न नेताहरूलाई निर्देशन दिएका हुन्।

advertisement

“सिंगो पार्टी र हामी नेताहरूले अतीतमा ठूला आँधीबेहरी र तुफानको सामना गरेका छौं। अहिले देखिएको यो सामान्य झोक्का मात्र हो। समाधान गर्न सकिन्छ,” ओलीले भनेको सहभागी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए।

ओलीले पार्टीभित्र अस्थिरताको हावा चलाउने काम एमालेको लोकप्रियता र सरकारको कार्यसम्पादनबाट आत्तिएका शक्तिहरूले गरेको आरोप लगाए। उनले पूर्वराष्ट्रपति भण्डारीको नाम नलिईकनै, पार्टीको अभिभावक र देशकै सम्मानित व्यक्तित्वले पार्टी अध्यक्ष बन्ने आकांक्षासहित सदस्यता विवाद उठाएकोप्रति असन्तोष व्यक्त गरे।

 

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com