तस्बिर : Nepal Police
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा २ हजार ३६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार राजीनामा दिनेहरुमध्ये अधिकांश तल्लो तहका कर्मचारी छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले अधिकांशले घरायसी कारण देखाएर राजीनामा दिएको जानकारी दिए। तर, प्रहरी संगठनभित्र सेवा सुविधा कम, प्रवर्द्धनका अवसर सीमित, मनोबलको कमी लगायतका कारणले पनि राजीनामा दर बढिरहेको जनाइएको छ।
राजीनामा दिनेहरुमध्ये सिनियर प्रहरी अधिकृत (इन्स्पेक्टरभन्दा माथिल्लो पद) १९ जना छन् भने जुनियर प्रहरी अधिकृत (असईदेखि सई तहसम्म) ४०१ जना रहेका छन्। यस्तै, अन्य कर्मचारी (कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म) १,९४९ जना रहेका छन्।
गत वर्ष राष्ट्रिय टिमका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले पनि प्रहरी सेवाबाट राजीनामा दिएका थिए। प्रहरी संगठनबाट उच्च संख्यामा राजीनामा आउनु संगठनको दीर्घकालीन व्यवस्थापनका लागि चुनौतीको विषय बन्दै गएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया