काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कारागारबाट सामाजिक सञ्जालमार्फत आफूलाई “हातखुट्टा बाँधिएको कैदी”को रूपमा चित्रण गरेका छन्। तीनकुने घटनासम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा थुनामा रहेका प्रसाईंले शनिबार फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिएका हुन्।

फेसबुक पोस्टमा उनले बैंकको ऋण नियमित रूपमा तिर्दै आएको दाबी गर्दै भनेका छन्, “मैले मेरो सम्पत्ति धितो राखेर बैंकबाट लोन लिएको छु। अस्पताल, स्कुल सञ्चालनमा छन्, पाँचतारे होटल निर्माणाधीन अवस्थामा छ। म कारागारमै छु, तर बैंकको किस्ता नियमित बुझाइरहेको छु।”

advertisement

प्रसाईंले आफूलाई राज्यसत्ताबाट दबाबमा पारिएको र कालोसूचीमा पार्ने प्रयास भएको आरोपसमेत लगाए। “म देशमा स्थायित्व चाहने, शान्ति चाहने र परिश्रम गरेर बाँचेको मान्छे हुँ,” उनले भने।

राजनीतिक रूपमा उनले कम्युनिस्ट पार्टीहरूलाई एक बनाउन पहल गरेको स्मरण गराउँदै भने, “स्थायित्वको लागि म प्रयासरत थिएँ, पार्टी एकताका लागि लागिरहेको थिएँ।” साथै, उनले व्यक्तिगतभन्दा पनि राष्ट्रहितका लागि धेरै सोचेको दाबी गरे।

प्रसाईंले आफूविरुद्ध भएको व्यवहारप्रति गुनासो जनाउँदै न्यायको अपेक्षा पनि गरेका छन्।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com