काठमाडौं । रसुवास्थित गोसाईकुण्ड तालमा आइतबार दिउँसो स्नान गर्न गएका दुई जना युवक बेपत्ता भएका छन्। गोसाईकुण्ड गाउँपालिका –५ स्थित तालमा करिब साँझ ४ बजेतिर कुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
मोरङको वेलबारी निवासी करिब २६ वर्षीय मनोज न्यौपाने र मोरङकै विराटनगर निवासी सुजन ढकालको बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर राजु साहको कमान्डमा विशेष उद्धार टोली तुरुन्त घटनास्थलतर्फ गएको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय समुदायको सक्रिय सहकार्य रहेको प्रहरीले जनाएको छ। बेपत्ता दुबै युवाको खोजी कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया