काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले आफ्ना हरेक नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ ।

गाउँपालिकाले पालिका भित्रका ४ हजार २ सय २५ घरधुरीका नागरिकको स्वास्थ्य बीमा गर्न सुरु गरेको हो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आइतबार वडा नं. १ देखि ४ सम्म निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको र बाँकी वडामा केही दिनमा सुरु गरिने जानकारी दिए ।

advertisement

उनका अनुसार बाँकी रहेका वडामा पनि साउन महिनाभित्र काम सम्पन्न गर्ने तयारी भएको छ । दोर्दी गाउँपालिकाको गत असार ७ गते प्रस्तुत गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पालिका भित्रका सबै नागरिकको बीमा गर्ने योजना अघि सारिएको थियो । पालिका भित्र सञ्चालनमा रहेका विभिन्न जलविद्युत आयोजनाबाट प्राप्त हुने रोयल्टीलाई आधार मानी बीमा कार्यक्रम अघि सारिएको हो ।

 

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com