एजेन्सी  ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा कुपोषण ‘खतरनाक स्तर’ मा पुगेको र तीव्र गतिमा बढिरहेको चेतावनी दिएको छ।

गाजामा फेरि सहायता सामग्री हवाईमार्फत खसाल्न थालेको बेला डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो।

advertisement

जोर्डनले संयुक्त अरब इमिरेट्स (युएई) सँगको सहकार्यमा आइतबार गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ।

यसैबीच, इजरायलले गाजाका केही भागहरूमा दैनिक १० घण्टा सैन्य कारबाही बन्द गर्ने र संयुक्त राष्ट्र संघलाई राहत सामग्री पठाउनको लागि एउटा कोरिडोर खोल्ने बताएको छ।

इजरायलले ‘जानाजानी भोकमरीको झूटो दाबीलाई खण्डन गर्न’ यो गरिरहेको बताएको छ। साथै, हमासले यो विषयलाई ‘आफ्नो छवि बिगार्ने’ आरोप लगाएको छ।

संयुक्त राष्ट्रसंघका सहायता प्रमुख टम फ्लेचरले आइतबार इजरायलले केही यात्रा प्रतिबन्धहरू खुकुलो पारेको बताएका छन्।

रोयटर्सका अनुसार फ्लेचरले प्रारम्भिक रिपोर्टहरूले गाजामा सहायता बोकेका १०० भन्दा बढी ट्रक आइपुगेको संकेत गरेको बताए।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com