काठमाडौं । बलिउड अभिनेता चंकी पाण्डेले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। श्रावण महिनाको अवसर पारेर मन्दिरमा पूजा–अर्चना गरेपछि उनले ती क्षणका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गर्दै आफूलाई “धेरै भाग्यमानी” महसुस भएको उल्लेख गरेका छन्।
“श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो,” उनले लेखेका छन्।
हिन्दु परम्पराअनुसार साउन महिना भगवान शिवको आराधनाको लागि पवित्र महिनाका रूपमा मनाइन्छ। यस समयमा नेपाल र भारतभरका शिवभक्तहरू पशुपतिनाथको दर्शन गर्न आउने गर्छन्।
यता, चंकीको अभिनय रहेको फिल्म सन अफ सरदार २ यहि शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउँदैछ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार












प्रतिक्रिया