काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कोलम्बियाको नयाँ अध्यक्षमा छत्रबहादुर मैनाली चयन भएका छन्। साउन ११ गते सम्पन्न राष्ट्रिय महाधिवेशनले मैनालीको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

महाधिवेशनमा एनआरएनए अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक बेद बस्नेत भर्चुअल रूपमा सहभागी थिए। अधिवेशनले २०२५ जुन ८ मा गठन गरिएको तदर्थ समिति विघटन गर्दै नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

advertisement

नवनिर्वाचित कार्यसमितिमा लालबहादुर गुरूङ उपाध्यक्ष, सुन्दर तामाङ महासचिव, प्रेमबहादुर छेत्री उप–महासचिव, मिथुन थापा कोषाध्यक्ष, कमल शर्मा सचिव, सूर्यबहादुर पुन उप–सचिवका रूपमा चयन भएका छन्।

त्यस्तै, कार्यसमितिका सदस्यहरूमा प्रविना राई, जीतबहादुर गुरूङ र धनबहादुर तामाङ रहेका छन्।

नयाँ कार्यसमितिले कोलम्बियामा रहेका नेपाली समुदायको हकहितका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com