काठमाडौं । समाजवादी मोर्चाको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा भेटवार्ता हुने भएको छ।
अध्यक्ष नेपालनिकट स्रोतका अनुसार दुई नेताबीचको छलफल सिंहदरबारमा तय भएको हो। यद्यपि छलफलको मूल एजेन्डा अझै स्पष्ट नभएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार समाजवादी मोर्चाको बैठक आह्वान गर्ने विषय र यसअघि मोर्चाले सञ्चालन गरेका कार्यक्रमहरूको समीक्षा सम्भावित छलफलको एजेन्डा हुनसक्नेछ।
गत चैतयता समाजवादी मोर्चाको बैठक बस्न सकेको छैन।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया