काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देवी थानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार शोक विज्ञप्ति जारी गर्दै थानीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

advertisement

विज्ञप्तिमा जनाइएअनुसार स्व. देवी थानी प्रतिनिधिसभा सदस्य हृदयराम थानी तथा नेपाल निजामती कर्मचारी युनियनका पूर्वकेन्द्रीय अध्यक्ष भवानी थानीकी माता तथा सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का पूर्वकेन्द्रीय अध्यक्ष उमेशप्रसाद थानीकी हजुरआमा थिइन्।

थानीको आइतबार राति काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

नेपाली कांग्रेसका अनुसार थानीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरेकी थिइन्। पार्टीले उनको निधनलाई एक अग्रज, समर्पित व्यक्तित्वको अपूरणीय क्षति भएको जनाएको छ।

सभापति देउवाले स्व. थानीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारप्रति पार्टी र आफ्नातर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com