काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई कमजोर बनाउने गरी आन्तरिक विवाद सार्वजनिक गर्नु उचित नभएको टिप्पणी गरेका छन् ।

पार्टीसँगको भिडियो अन्तर्वार्तामा बोल्दै पुनले माओवादी केन्द्रभित्र आन्तरिक जनवादको राम्रो अभ्यास भइरहेको दाबी गरे। उनले पार्टीभित्र गहिरो छलफल हुँदै संस्थागत निर्णयमा पुग्ने परम्परा रहेको उल्लेख गर्दै पछिल्लो समयमा देखिएको केही व्यवहारप्रति असन्तुष्टि जनाए ।

advertisement

“पार्टीको कार्यदिशा र नेतृत्वबारे स्थायी समिति र पदाधिकारी बैठकमा अढाई घण्टासम्म बहस भयो। त्यसपछि परामर्श बैठक हुँदै केन्द्रीय समिति पुगेपछि एकता कायम भयो,” उनले भने, “हामीले व्यवहारमा रूपान्तरण देखाऔँ भनेर ६ महिने अभियान सञ्चालन ग-यौं, जसले माओवादीप्रति जनस्तरमा उत्साह थपिएको थियो ।”

पुनका अनुसार, यति व्यापक छलफलपछि फेरि आफ्नो कुरा बाहिर सार्वजनिक गर्नु जनवादको दुरुपयोग हो। “नेतृत्वले राम्रो गरे राम्रो भन्न सक्नुपर्छ,” उनले जोड दिए ।

पुनले नाम नलिईकन अर्का उपमहासचिव जनार्दन शर्माप्रति संकेत गर्दै, “सबैतिर राम्रो भनिरहेका बेला नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन,” स्पष्ट पारे ।

पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव शर्माबीचको असमझदारी सार्वजनिक रूपमै देखिन थालेको छ, जसले माओवादी पार्टीभित्रको आन्तरिक एकतालाई चुनौती दिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com