काठमाडौं । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक युवा बेपत्ता भएका छन् ।
मङ्गलबार बिहान ६ः०५ बजे नारायणीको पुलबाट हाम फालेर युवा बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
अन्दाजी १८÷२० वर्षका युवाको नाम ठेगाना खुल्न नसकेको ढकालले जाकारी दिए । बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आइआरटी पोस्टबाट ७ जनाको टोली परिचालन गरिएको उहाँको भनाइ छ ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया