काठमाडौं । छुर्पी निर्यात हालसम्मकै उच्च रहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१, ८२ मा चार अर्ब ५१ करोड रुपियाँ बराबरको २६ लाख एक हजार किलो छुर्पी निर्यात भएको छ । यो निर्यातले आव २०७९, ८० को १७ लाख ८६ हजार किलोको रेकर्ड तोडेको हो । आव २०८०र८१ मा तीन अर्ब १८ करोड रुपियाँ बराबरको १६ लाख ४७ हजार किलो छुर्पी निर्यात भएको थियो ।

विभागका अनुसार आव २०७७र७८ मा एक अर्ब ९६ करोड, आव २०७८र७९ मा दुई अर्ब ९१ करोड, आव २०७९र८० मा तीन अर्ब ४० करोड रुपियाँ बराबरको छुर्पी निर्यात भएको थियो ।विभागका अनुसार आव २०८१र८२ मा २५ देशमा नेपालको छुर्पी पुगेको छ । अमेरिका, क्यानडा जापान र कोरियामा सबैभन्दा धेरै छुर्पी जाने गरेको छ ।

advertisement

सरकारले छुर्पी निर्यातमा दिइएको भन्सार छुट र खोरेत रोगको जोनिङ र कम्पार्टमेन्टलाइजेसनको कार्यान्वयन भएपछि युरोपेली देशमा निर्यातको वातावरण बनेको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा। मनोजकुमार शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com